भोक, प्यास, निन्द्रा रोकेर अनवरत रूपमा रोगीको सेवा गर्दा पनि मान्छिन् हर्ष
सेतो एप्रोनमा पिडाका दागहरु लुकाएर बस्न सक्छिन उनी हुन् नर्स ।।१।।
रोगी जतिसुकै गम्भीर होस, ज्यान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष
सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
बिरामी सेवामा आफ्नो ज्यान दाउमा लगाउँछिन् नरमाइकन हरेक चाडपर्व वा नववर्ष
रोगी निको हुँदा केवल एक मुस्कानमा खुसी हुन सक्छिन् उनी हुन् नर्स ।।३।।
बहिनी जस्तो माया र आमा जस्तो स्नेह दिँदा पनि, थोरै काम बिग्रदा पाउँदैनन् जस
बिना प्रतिक्रिया डाक्टरको गाली सुन्न सक्छिन् उनी हुन् नर्स ।।४।।
कतिपय बिरामीको अवस्था हेरी, मानवताको देविले गर्छिन् स्वयं पैसा खर्च
धनी, गरिब, दु:खी, असहाय, पीडित जसलाई भेदभावरहित सेवा गर्न सक्छिन् उनी हुन् नर्स ।।५।।
सामानको अभावमा जुगाड लगाउन सक्छिन् गरेर बिचार विमर्ष
निस्वार्थ सेवा, इमानदारिताको पैसा र दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स ।।६।।
कर्तव्य परायणता, मानवता धनीको सम्मानको लागि मनाइन्छ नर्सिङ दिवस हरेक वर्ष
बिरामीको चाप, डाक्टरको डाँट, कुरुवाको किचकिचमा पनि मुस्कान सहितको सेवा दिन सक्छिन् उनी हुन नर्स ।।७।।
नर्स केवल शब्द होईन, मानवता सेवाको आसमान हो
नर्स भएर सेवा गर्न पाउनु, ईश्वरको वरदान हो ।।८।।
(मेहता स्वास्थ्य सेवा कार्यालय, डोल्पामा कार्यरत छन्)