चिकित्सा विज्ञानको इतिहासमा केही यस्ता क्षणहरू हुन्छन्, जसले सम्पूर्ण सोच, सिद्धान्त र अभ्यासलाई नै परिवर्तन गरिदिन्छन्। यस्ता क्षणहरू केवल डिस्कभरी (खोज) मात्र होइनन्, ती नयाँ फिलोसफी (दर्शन) का जन्म हुन्। यस्तै एक हिस्टोरिकल (ऐतिहासिक), क्रान्तिकारी र दूरगामी प्रभाव पार्ने घटना हो— सेमुयल हेनिमेन (Samuel Hahnemann) द्वारा गरिएको सिनकोना (Cinchona) को आत्म–प्रयोग।
यो प्रयोग केवल एउटा औषधिको परीक्षण मात्र थिएन; यसले "औषधि के हो?", "रोग के हो?", र "उपचार कसरी काम गर्छ?" भन्ने आधारभूत प्रश्नहरूको उत्तरलाई नै पुनःपरिभाषित गर्यो। यसबाट जन्मिएको सिद्धान्त (सिमिलिया सिमिलिबस क्युरेन्टुर (Similia Similibus Curentur) (समं समं समायति)) ले होमियोप्याथी चिकित्सा प्रणालीको आधारशिला तयार गर्यो।
ऐतिहासिक पृष्ठभूमि
१८औँ शताब्दीको अन्त्यतिरको चिकित्सा अभ्यास अत्यन्त असन्तुलित, कठोर र धेरै हदसम्म हानिकारक थियो। त्यतिबेला प्रचलित उपचारहरूमा (अत्यधिक ब्लडलेटिङ (रक्तस्राव), विषाक्त औषधिको प्रयोग, अत्यधिक मात्रामा औषधि दिने अभ्यास, यी सबैले बिरामीलाई निको पार्नुभन्दा झन् कमजोर बनाउने काम गर्थे।
सेमुयल हेनिमेन स्वयं पनि एक कुशल चिकित्सक थिए, तर उनले आफ्नो समयको चिकित्सा पद्धतिबाट सन्तुष्टि पाएका थिएनन्। त्यसैले उनले सक्रिय चिकित्सा अभ्यास छोडेर जीवनयापन गर्नको लागि पुस्तकहरूको ट्रान्सलेसन वर्क (अनुवाद कार्य) गर्न थाले।
प्रश्नबाट सुरु भएको क्रान्ति
एक दिन उनले विलियम कलेन (William Cullen) को मटेरिया मेडिका (Materia Medica) पुस्तक जर्मनी भाषामा अनुवाद गर्दै थिए। त्यहाँ लेखिएको थियो कि— "सिनकोना बार्क (Cinchona bark) मलेरिया निको पार्छ किनकि यो टाइटर (bitter/तीतो) हुन्छ।"
यो व्याख्या हेनिमेनलाई असन्तोषजनक लाग्यो। उनले सोच्न थाले: यदि तीतोपन नै कारण हो भने, अरू तीतो पदार्थहरूले किन मलेरिया निको पार्दैनन्? के औषधिको इफेक्ट (प्रभाव) केवल यसको रासायनिक गुणमा मात्र सीमित हुन्छ? यही प्रश्नले एउटा ऐतिहासिक प्रयोगको सुरुवात गर्यो।
सिनकोना आत्म–प्रयोग
हेनिमेनले आफैं स्वस्थ अवस्थामा सिनकोना अफिसिनालिस (Cinchona officinalis) (सिनकोना अर्क) सेवन गर्न थाले। केही समयपछि उनले आफूमा अचम्मका लक्षणहरू अनुभव गरे:
- ज्वरो आउने
- क्याम्पन (chills/कँपकँपी)
- पसिना आउने
- अत्यधिक कमजोरी
- हृदय धड्कन बढ्नु
यी सबै लक्षणहरू मलेरिया रोगसँग मिल्दोजुल्दो थिए। महत्वपूर्ण कुरा: उनी त्यतिबेला पूर्ण रूपमा स्वस्थ थिए। त्यसैले यी लक्षणहरू रोगका कारण होइन, औषधिको प्रभावबाट उत्पन्न भएका थिए।
महान खोज
यस अनुभवले उनलाई एउटा गहिरो निष्कर्षमा पुर्यायो:
"सिमिलिया सिमिलिबस क्युरेन्टुर" (Similia Similibus Curentur) "लाइक क्युर्स लाइक" (Like cures like) — जस्तो रोग, त्यस्तै लक्षण उत्पन्न गर्ने औषधिले नै निको पार्छ" । यसलाई नै ल अफ सिमिलर (Law of Similar) भनिन्छ।
औषधिको परिभाषामा आमूल परिवर्तन
पहिलेको दृष्टिकोण (एलोप्याथिक कन्सेप्ट): औषधि = रोगको विपरीत काम गर्ने। उदाहरण: ज्वरोमा चिसो औषधि, पखाला रोक्ने औषधि।
हेनिमेनको दृष्टिकोण (होमियोप्याथिक कन्सेप्ट): औषधि = स्वस्थ व्यक्तिमा त्यस्तै लक्षण उत्पन्न गर्ने शक्ति भएको पदार्थ, सानो मात्रामा त्यही रोग निको पार्ने।
यसले औषधिको कन्सेप्ट (अवधारणा) लाई पूर्ण रूपमा बदलिदियो।
ड्रग प्रुफिङ (Drug Proving) को जन्म
हेनिमेनको प्रयोगबाट एउटा नयाँ साइन्टिफिक मेथड (वैज्ञानिक विधि) सुरु भयो, ड्रग प्रुफिङ (Drug Proving)। यसको मुख्य उद्देश्य:
औषधि स्वस्थ व्यक्तिमा परीक्षण गर्ने
त्यसबाट उत्पन्न लक्षणहरूको विस्तृत अध्ययन गर्ने
यसले मटेरिया मेडिका (Materia Medica) लाई वैज्ञानिक आधार दियो।
इन्डिभिजुअलाइजेसन (Individualization) — व्यक्तिगत उपचार
होमियोप्याथीको अर्को महत्वपूर्ण योगदान। एउटै रोग भएका दुई व्यक्तिमा:
लक्षण फरक हुन सक्छ
मानसिक अवस्था फरक हुन सक्छ
शरीरको प्रतिक्रिया फरक हुन सक्छ
त्यसैले: एउटै रोग भएपनि एउटै औषधि होइन।
मिनिमम डोज (न्यूनतम मात्रा)
हेनिमेनले देखे कि धेरै मात्रा हानिकारक, सानो मात्रा प्रभावकारी। यसले मिनिमम डोज (Minimum Dose) को सिद्धान्त जन्मायो। पछि यसलाई अझ विकसित गरेर पोटेन्टाइजेसन (Potentization/शक्तिकरण) को कन्सेप्ट (अवधारणा) आयो।
डाइनामिक एक्सन अफ मेडिसिन (Dynamic Action of Medicine)
हेनिमेनले औषधिको प्रभावलाई केवल भौतिक (मटेरियल) रूपमा मात्र होइन, एनर्जेटिक (dynamic/ऊर्जात्मक) रूपमा पनि व्याख्या गरे। उनका अनुसार:
रोग = भाइटल फोर्स (Vital Force/जीवनशक्ति) को असन्तुलन
औषधि = यस असन्तुलनलाई सुधार गर्ने ऊर्जा
भाइटल फोर्स (Vital Force/जीवन शक्ति) को अवधारणा
हेनिमेनको दर्शन अनुसार:
शरीरमा एउटा अदृश्य शक्ति हुन्छ — भाइटल फोर्स (Vital Force)
यही शक्तिले शरीरलाई सन्तुलनमा राख्छ
जब:
यो शक्ति असन्तुलित हुन्छ → रोग हुन्छ
औषधिले यसलाई सन्तुलनमा ल्याउँछ → स्वास्थ्य फर्किन्छ
चिकित्सा विज्ञानमा प्रभाव
सिनकोना प्रयोगले निम्न परिवर्तनहरू ल्यायो:
सिम्प्टम–बेस्ड ट्रिटमेन्ट (Symptom-based treatment)
होलिस्टिक अप्रोच (Holistic approach/समग्र दृष्टिकोण)
पेसेन्ट–सेन्टर्ड मेडिसिन (Patient-centered medicine)
साइन्टिफिक ड्रग टेस्टिङ (Scientific drug testing/proving)
आलोचना र बहस
यद्यपि होमियोप्याथीले ठूलो लोकप्रियता पायो, यसमाथि आलोचना पनि भए:
वैज्ञानिक प्रमाणको कमी भन्ने आरोप
अत्यधिक डाइल्युसन (dilution) को प्रश्न
प्लेसिबो इफेक्ट (placebo effect) को बहस
तर: लाखौं मानिसहरूले यसको फाइदा अनुभव गरेका छन्। आज पनि विश्वभर प्रयोग भइरहेको छ
आधुनिक सन्दर्भमा महत्व
आजको समयमा क्रोनिक डिजिज (Chronic disease/दीर्घ रोग) बढ्दै गएको छ। साइड इफेक्ट्स (side effects) को समस्या छ। यस्तो अवस्थामा होमियोप्याथीको होलिस्टिक (holistic) र जेन्टल (gentle/कोमल) अप्रोच अझ सान्दर्भिक बनेको छ।
गहिरो दार्शनिक सन्देश
हेनिमेनको सिनकोना प्रयोगले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ: "प्रकृतिमा प्रत्येक रोगको उपचारको संकेत त्यसैभित्र लुकेको हुन्छ।" औषधि रोगसँग लड्दैन, शरीरलाई आफैं निको हुन प्रेरित गर्छ।
निष्कर्ष
सेमुयल हेनिमेनको सिनकोना प्रयोग केवल एउटा हिस्टोरिकल (ऐतिहासिक) घटना होइन — यो चिकित्सा विज्ञानको एउटा नयाँ युगको सुरुवात हो। यसले: औषधिको परिभाषा बदल्यो । उपचारको दृष्टिकोण बदल्यो। रोग र स्वास्थ्यको बुझाइ बदल्यो। अन्ततः, यसले मानव स्वास्थ्यप्रति हाम्रो दृष्टिकोणलाई नै गहिरो बनायो।
अन्तत: आज पनि जब हामी होमियोप्याथी अभ्यास गर्छौं, हामी केवल औषधि दिइरहेका हुँदैनौं, हामी हेनिमेनको त्यो ऐतिहासिक प्रयोगलाई निरन्तरता दिइरहेका हुन्छौं।
अस्तु।