काठमाडौं- आगामी पुस १ गते शनिवार मेडिकल लिटरेचर मेला हुने भएको छ। डाक्टरी विद्यार्थीहरुको संस्था ‘हाम्रो कथा’को आयोजनामा हुने उक्त कार्यक्रममा डाक्टर, विद्यार्थी, नर्स, स्वास्थ्यकर्मी लगायत स्वास्थ्य क्षेत्रका व्यक्तिहरु र अन्यले पनि साहित्यक रचना प्रस्तुत गर्ने छन्।
मेलाको अवसरमा हाम्रो कथाले केही प्रमोसन भिडियो युट्युबमा सार्वजनिक गरेको छ। तिमध्ये विशद दाहालको भिडियो यहाँ प्रस्तुत गरिएको छ। भिडियोमा दाहालले मेडिकल कलेजको सम्बन्धनका विषयमा व्यंग्यात्मक रचना प्रस्तुत गरेका छन्।
१. Affair र Affiliation एउटै जस्तो लाग्छ ~
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
२. के हो यस्तो कि ,
काठमाडौकै चाहिने अनि पैसा बाल नै चाहिने~
तिम्रो जिद्दी र सरकारको नीति एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
३. सर्वोच्च पिताको आदेश भन्दै जब ,
पुर्वाधार बिहिन त्यस्ता बकम्फुसेहरुसँग सम्बन्ध गाँस्दै हिड्छ्यौ ~
तब टियु र तिम्रो निहुँ एउटै जस्तो लाग्छ ।
Affair र Affiliation एउटै जस्तो लाग्छ ।
४. हामी पनि त चरो- मुसो केही नभेटिने सुनसान जगा खोज्दै हिँड्थ्यौँ (होइन र?)~~
हाम्रो डेटिङ र मेडिकल कलेजको सेटिङ एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
५ . म जस्ताको अब यहाँ के काम भो'र , जब करोडौं करोडको बोली लाग्न थाल्यो ~~
पिरती र छात्रवृत्ति एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
Affair र Affiliation एउटै जस्तो लाग्छ ।
हेरौँ भिडियो