प्राडा या वेई सू चीनको तोङ्जी विश्वविद्यालय सांघाई नम्बर १० पिपुल्स् हस्पिटल, मुटुरोग विभागका निर्देशक हुन्। उनी चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनका निजी चिकित्सक पनि हुन्। डा सू गत महिना ५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए। उनीसँग मुटु रोगका विषयमा कल्पना पौडेलले कुराकानी गरेकी छिन्। मुटुरोगका विषयमा डा सूले व्यक्त गरेको विचार :
बदलिँदो 18ले बढाउँदैछ मुटुरोग
अहिले विश्वमै मुटुरोगका बिरामी बढिरहेका छन् । मानिसको 18 र खानपान पनि आमूल रुपमा फेरिएको छ। चीनमा पनि धेरै मानिस मुटुरोगबाट पीडित छन् । 18मा आएको परिवर्तनले मुटुका बिरामी बढेका हुन्।
मानिसले आजकल व्यायाम नगर्दा, पोषिलो खाना नखाँदा र आफ्नो दैनिकीलाई नियमित र सन्तुलित बनाउन नसक्दा मुटुकोे समस्या बढ्दो क्रममा देखिएको छ।
धूमपान र मध्यपान नगर्ने; नियमित व्यायाम गर्ने; सागसब्जी र फलफूल बढी खाने; मासु, चिल्लो, बोसोयुक्त, जंकफुड खान कम गर्ने; मानसिक तनाव कम गर्ने; तौल ठीक राख्ने र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने हो भने मुटुरोगको जोखिमबाट बच्न सकिन्छ । यी यति सजिला उपाय छन् जो हरेक मानिसले स्वस्थ मुटुका लागि अपनाउन सक्छन् । तर, बदलिँदो 18का कारण मानिस यस्ता कुरामा ध्यान दिन चाहिरहेका छैनन् । जसले गर्दा मुटुरोगको शिकार हुन वाध्य भइरहेका छन्।
चीनमा ४४ प्रतिशत मृत्युको कारण मुटुरोग देखिएको छ । क्यान्सरबाट हुने मृत्यु २० प्रतिशत छ । चीनमा हरेक ५ जनामा २ जनाको मृत्यु मुटुरोगले गर्दा हुन्छ । यसको मुख्य कारण नै 18 परिवर्तन हो।
चीन मात्र नभएर अन्य विकसित र विकासशील देशहरुमा पनि मुटुरोगको समस्या चुनौतिको विषय बनेको छ।
नेपालमा पनि मुटुरोगीको संख्या बढ्दै छ । पछिल्लो समय युवाहरुमा मुटुरोग बढी देखिन थालेको छ । हृदयघातबाट मृत्यु हुनेको संख्या पनि बढ्दै छ । त्यो किनभने, मानिसहरु व्यस्त रहने; व्यायाम, योगाभ्यास नगर्ने; जंगफुडको अत्यधिक प्रयोग गर्ने र तनाव लिने गर्दछन्।
हामीले मुटुरोगको निरोधात्मक उपचार सेवा प्रदान गर्दै जनचेतना जगाउन आवश्यक छ । साथै, विश्वमा आइरहेका पछिल्ला उपचार प्रविधि र सेवालाई पनि विस्तार गर्दै लैजानुपर्छ । त्यस्तो उपचारका लागि चिकित्सकहरुको साझा प्लेटफर्म बन्नु जरुरी छ।
अहिले विश्वमा मुटुरोगको उपचारमा अत्याधुनिक प्रविधि विकास भइरहेका छन् । चीनले पनि त्यस्ता प्रविधिलाई उपयोग गरिरहेको छ । ती प्रविधि र सीपलाई हामी नेपालका मुटुरोग विशेषज्ञहरुसँग साटासाट गर्न चाहन्छौं।
टेलिमेडिसिन दुवै देशका चिकित्सकका लागि राम्रो अवधारणा हुनसक्छ । नेपाली र चिनियाँ मुटुरोग विशेषज्ञबीच उपचार र शल्यक्रियाबारे छलफल गर्ने वातावरण बनेमा धेरैको ज्यान जोगाउँदै उत्कृष्ट सेवा प्रदान गर्न सकिन्छ।
हामी विश्वका पछिल्ला उपचार प्रविधिबारे छलफल गरौं । नेपालमा टेलिमेडिसिन सेवा सुरु गर्न सकियो भने हामीले सांघाईबाट पनि यहाँका चिकित्सकलाई सहयोग गर्न सक्छौं।
तीव्र रुपमा बदलिँदै गएको 18लाई हामीले व्यवस्थित गर्नै पर्छ । विश्वमा मुटुका बिरामी बढिरहेकाले मुटुरोग नियन्त्रणको अभियानमा मिलेर काम गर्न ढिला गर्नु हुँदैन।
टेलिमेडिसिन सेवाको माध्यमबाट सहकार्य गरी उपचारमा सहयोग पु¥याउन हामी तयार छौं । त्यस विषयमा हामी नेपाल सरकारसँग छलफलमा छौं।
सहरी क्षेत्र मात्र होइन विकट क्षेत्रमा पनि उपचारमा सहयोग गर्न सके सम्भव भएकाको अकाल मृत्यु रोक्न सक्छौं।
चीनले अघि सारेको वान वेल्ट वान रोड (ओबिओआर) परियोेजना अन्तर्गत राखेर चीनले मुटु उपचारमा सहयोग गर्न चासो राखेकाले हामी नेपाल आएका हौं।
यस परियोजना अन्तर्गत एसिया, युरोप र अफ्रिकालाई सडक तथा रेल लगायतका पूर्वाधारले जोड्ने चीनको लक्ष्य छ । यस परियोजना अनुसार नै स्वास्थ्य क्षेत्रमा पनि सहयोग आदानप्रदान होस् भनेर अहिले सम्भाव्यता अध्ययन गर्न हामी आएका हौं । थप छलफलका लागि हामी फेरि आउनेछौं।