१) १२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन्।
२) दुई तिहाई बिराला जीवनभर निदाउँछन्।
३) एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ।
४) मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ।
५) क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए।
६) बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ।
७) निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ।
८) १५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ।
९) विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन्।
१०) ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ।
११) जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन्।
१२) ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ।
१३) ४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन्।
१४) मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ।
१५) मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ।