काठमाडौं– हेड इन्जुरी बारे सचेतना फैलाउन र्याली गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टर र चिकित्सा शास्त्र अध्ययन संस्थानका डाक्टर, नर्स र स्वास्थ्यकर्मी सहित ट्राफिक प्रहरी पनि र्यालीमा सहभागी थिए।
हेलमेट लगाएर सवारी गर्दा हेड इन्जुरीबाट जोगिन सकिने कुरालाई र्यालीमा प्राथमिकता दिइएको थियो । अनिवार्य हेलमेटमा स्वास्थ्यकर्मी र प्रहरीको सिद्धान्त समान भएकाले सँगै र्याली निकालिएको ट्रमा सेन्टरका न्युरो सर्जन डा राजिव झाले बताए।
मोटरसाइकल चलाउनेले मात्रै होयन, पछि बस्नेले समेत हेलमेट लगाउनुपर्ने र्यालीपछिको सम्बोधनमा बताइएको थियो । मोटरसाइकल दुर्घटना हुँदा अगाडि बस्ने मात्रै नभइ, पछाडि बस्ने समेत पर्ने भएकाले हेड इन्जुरीबाट जोगिन यसो गर्नुपर्ने डा झा बताउँछन् । र्यालीलाई न्याम्सका उपकुलपति डा गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा प्रमोद उपाध्ययले सम्बोधन गरेका थिए । न्युरो सर्जन डा झाले यस सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए।



.jpg)

.jpg)