विराटनगर– औषधि व्यवस्था विभागको कार्यालयलाई प्रदेश मन्त्रीको आवासका लागि खाली गराउन पत्र लेखिएको छ । विभागको पूर्वाञ्चल कार्यालय रहेको विराटनगरस्थित कार्यालय खाली गराउन प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पत्र लेखेको हो।
मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरलाई चैत ४ गते पत्र लेखिएको छ। भनिएको छ, ‘यस मन्त्रालयका मन्त्री माननीय जीवन घिमिरेज्यूको आवास प्रयोजनका लागि यस मन्त्रालयको भवन परिसरमा ठाउँ नभएको हुँदा सार्ने व्यवस्था मिलाइदिन हुन अनुरोध छ ।’
औषधि व्यवस्था विभागको कार्यालय सुरक्षा र भौतिक पूर्वाधारका दृष्टिकोणले मन्त्रीको आवासका लागि उपयुक्त रहेको पत्रमा उल्लेख गरिएको छ।
प्रदेश र स्थानीय निकायका पदाधिकारीले स्वास्थ्य क्षेत्रको संवेदनशीलता बुझ्न नसक्दा यही क्षेत्रका कार्लय भवन र गाडी हडप्ने र बजेट निकासा नगर्ने गरेको गुनासो देशभरिबाटै आइरहेको छ।
