काठमाडौं- सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक (एचए)ले बिरामीलाई बिक्री गर्ने गरेको फेला परेको छ।
स्वास्थ्य चौकीका एचए सोम साहले नि:शुल्क औषधि बिक्री गर्दै आएका हुन्। एचए साहले औषधि बिक्री गरेको गुनासो आइरहँदा बुधबार भने रंगेहात भेटिएका हुन्। उनले निःशुल्क वितरण गरिने स्लाइन बिरामीलाई ४ सय रुपैयाँमा बिक्री गरेको फेला परेको हो।
एचए साहले नि:शुल्क स्लाइन बिक्री गरेको बिलसहित फेला परेपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिले उनलाई कारबाही गर्ने भएको छ। व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले एचए साहलाई विभागीय कारबाही गर्ने निर्णय गरेको हो।