चितवन– चितवनको नारायणगढमा छाला रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । यही शुक्रवार र शनिवा।र अर्थात् ९ गते र १० गते नेपाल, भारत, स्वीट्जरल्यान्डका करिब १ सय ५० भन्दा बढी छाला रोग बिशेषज्ञहरुको सहभागितामा रहनेछ।
उनीहरुको संगठन सोसाइटी अफ डम्र्याटोलोजिस्टस् भेनेरोलोजिस्ट एन्ड लेप्रोलोजिस्ट अफ नेपालको आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनमा नेपाल भारत र स्वीट्जरल्यान्डका करिव ३० जना विशेषज्ञहरुले छाला रोगको उपचारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र छालाका समस्या पहिचान र निदानमा भएका प्रगति र भावी योजनाहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्ने चितवन मेडिकल कलेजका वरिष्ठ छाला रोग बिशेषज्ञ डा अच्युत पोखरेलले बताए।
नयाँ प्रविधि र अनुभवको आधारमा प्राप्त ज्ञान आदान प्रदान गर्नका लागि सम्मेलन प्रभावकारी हुने अपेक्षा अर्का छालारोग विशेषज्ञ डा शुभकान्त गौतमको छ ।