काठमाडौं- युएस-बाङ्ला विमान दुर्घटनामा परी घाइते भएका हरिप्रसाद सुवेदी उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्।
१४ दिनको अस्पताल बसाइपछि सुवेदी सोमबार घर फर्किएका हुन्।
डिस्चार्ज हुने क्रममा सुवेदीलाई अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले खादा लगाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
युए-बाङ्ला एयरलाइन्सको विमान गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो।