काठमाडौं- झापा शान्तिनगर स्वास्थ्य चौकीका सिनियर अहेब दीपक सापकोटाले छैटौं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा ‘स्वास्थ्य सेवा पुरस्कार’ प्राप्त गरेका छन्।
समुदायस्तरमा बसेर लामो समय काम गरेका उनले उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले पुरस्कार प्रदान गरेको हो। आफ्नो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि नमुनाका रुपमा काम गरेका कारण पुरस्कार पाएको उनी बताउँछन्।
स्वास्थ्य चौकीमा बसेर समुदायसँग सहकार्य गरेर काम अगाडि बढेका कारण नै स्वास्थ्य चौकीमा उल्लेख्य सुधारका काम गर्न सकिएको उनको भनाई छ। दिवसका अवसरमा उनीसहित ४ जना पुरस्कृति भएका थिए।
२०५८ सालदेखि उक्त स्वास्थ्य चौकीमा कार्यरत रहेका सापकोटाले पुरस्कार ग्रहणपछि स्वास्थ्यखबरसँग व्यक्त गरेका बिचार यस्तो छ। हेरौँ भिडियो :
भिडियो