एजेन्सी- पछिल्लो एक सय वर्षमा रोग विरुद्धको लडाइँमा चिकित्सा विज्ञानले निकै प्रगति गरेको छ। कुनै समय महामारीको रुप लिने रोगहरुलाई नियन्त्रणमा ल्याउने औषधि र उपाय पत्ता लागेका छन्।
मानिस जति हाइटेक र एडभान्स हुँदै गएका छन्, रोगहरु पनि त्यही रुपमा आइरहेका छन्। कुनै समयका डरलाग्दा रोगहरु हैजा, औलो, क्षयरोग, कुष्ठरोगभन्दा पनि इबोला, सार्स, जिका जस्ता रोगले महामारीको रुप लिइरहेका छन्। केही अगाडि बर्डफ्लु र स्वाइन फ्लु पनि यो सूचीमा थिए।
अब एउटा नयाँ रोगले महामारीको रुप लिन सक्ने आकलन गरिएको छ। 11 संगठन (डब्लुएचओ)का अनुसार, ‘डिजिज एक्स’ नामक नयाँ रोगले मानव समुदायलाई चाँडै समस्यामा पार्न सक्छ।
डब्लुएचओएले आफ्नो वेबसाइटमा २०१८ को वार्षिक समीक्षामा प्राथमिकता दिइनुपर्ने रोगको सूची (ब्लुप्रिन्ट लिस्ट) सार्वजनिक गरेको छ, जहाँ 'डिजिज एक्स' पनि परेको छ। यसबारे डब्लुएचओ अहिले अध्ययनकै चरणमा छ।
डब्लुएचओले महामारीका रुपमा फैलिनसक्ने ८ रोगको सूचीमा 'डिजिज एक्स' लाई राखेपछि बहसको जन्म भने दिएको छ। उसले यस्ता रोगको प्राथमिकता सूची २०१५ देखि सार्वजनिक गर्न थालेको हो।
डब्लुएचओको सूचीमा यस वर्ष डिजिज एक्सका साथै यी ७ रोग पनि छन्ः
- क्रिमियन कंगो हेमोरह्याजिक फिभर (सिसिएचएफ)
- इबोला भाइरस र मारबर्ग भाइरस रोग
- लस्सा फिभर
- मिडिल इस्ट रेस्प्राइरेटर सिन्ड्रोम क्रोनाभाइरस (मर्स–सिओभी) र सार्स
- निपा एन्ड हेनिपाभाइरल रोग
- रिफ्ट भ्याली फिवर (आरभिएफ)
- जिका भाइरस
यी रोगले कुनै पनि बेला महामारीका रुप लिन सक्छन्। यी रोगबारे डब्लुएचओको अध्ययन जारी रहँदा रिपोर्टमा लेखिएको छ, यी सबै रोगमाथि अनुसन्धान र उपचार प्रणालीको विकास जरुरी छ।
माथि उल्लिखित सात वटा रोग यसअघिका सूचीमा पनि थिए, धेरैजसो त देखिइसकेका पनि छन्। तर, यसपल्ट नयाँ नाम गरेको रोग ‘डिजिज एक्स’ सूचीमा थपिएसँगै धेरै जना तर्सिरहेका छन्। कहाँबाट, कसरी र कुनबेला यो रोग फैलिन्छ भन्नेबारे कुनै जानकारी नभएकाले त्रास बढेको छ।
यसअघि २०१४ मा इबोला फैलिँदा होस् वा २०१५ मा जिका भाइरस आउँदा, तिनको उपचारका लागि चिकित्सा क्षेत्रमा अन्योल थियो। स्वाइन फ्लु आउँदा पनि यस्तै अवस्था थियो। ‘डिजिज एक्स’ आउँदा पनि त्यही स्थिति दोहोरिने त होइन भन्ने धेरैको आशंका छ।
यो रोग फैलाउने जीवाणुबारे अहिलेसम्म कुनै जानकारी भेटिएको छैन। त्यसैले डब्लुएचओ यसबारे भनिरहेको छ, यो जे पनि हुन सक्छ।
संक्रमणजन्य रोगका एक विशेषज्ञ डा स्टेफिनी स्माइली भन्छन्, ‘डब्लुएचओ डिजिज एक्स मार्फत भविष्यमा आउन सक्ने सबै प्रकारका खतराका लागि डाक्टर तयार हुनुपर्छ भन्न खोजिरहेको छ। हरेक देशले डाक्टरसँग मिलेर यस्तो तयारी गर्नुपर्यो्, कुनै प्राकृतिक विपद, रोग र टक्सिक केमिकल अट्याकसम्म सम्हाल्न सकियोस्।’
केहीले भने डब्लुएचओको रोगको सूची हेरेर आशंका गरिरहेका छन्, ‘कुनै खतरनाक जीवाणुबारे थाहा भइसकेको छ। त्यसैले डब्लुएचओले यसलाई प्राथमिकता सूचीमा राखेको हो।’
तस्बिर : एएफपी/इकोनोमिष्टडटकम