काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २८ हजार घुससहित पक्राउ गरेको फार्मेसी निरीक्षविरुद्ध विशेष अदालतमा आरोपत्र पत्र दायर गरेको छ।
औषधि ब्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा छैठौं तहमा कार्यरत फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीविरुद्ध आयोगले आज विशेष अदालतमा आरोपत्र पत्र दायर गरेको हो।
मेडिकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार कार्यालय कोहलपुरबाट खटिएको टोलीले क्षेत्रीले २८ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गर्दै आज आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।