काठमाडौं- जलवायु परिवर्तन र यसले स्वास्थ्यमा पार्ने असरका विषयमा जानकारी दिन दुई दिने सम्मेलन हुने भएको छ।
स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहिबार र शुक्रबार सम्मेलन गर्न लागेको हो। सम्मेलनलाई 11 संगठनको नेपालस्थित कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ।
नेपालमा जलवायु परिवर्तन तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनमा आउने अनुसन्धानका निष्कर्ष तथा अन्य जानकारीलाई बाहिर ल्याउन र यो क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सम्मेलन गर्न लागिएको परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनी कुमार झाले बताए।
डा मेघनाथ धिमालले सम्मेलनमा विभिन्न ९ वटा वैज्ञानिक प्रस्तुति रहने जानकारी दिए।