काठमाडौं- सरकारले क्याबिनेट चिकित्सकमा डा दिव्या सिंह शाह र डा दिलिप शर्मालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई क्याबिनेट चिकित्सकमा नियुक्त गरेको सुचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटोले जानकारी दिए।
डा दिव्या त्रिवि शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित स्वास्थ्य जाँच गर्दै आइरहेकी छिन्।
डा दिलिप कलेजो रोग विशेषज्ञ हुन्। उनी वीर अस्पतालमा कार्यरत छन्। उनी नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार समेत हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।