काठमाडौं- सरकारले संघीय संरचना अनुसार मन्त्रालयहरुको सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ।
मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको छ । सोअनुसार केन्द्रमा रहँदै आएको सबै मन्त्रालयका गरि तीन हजार २६० दरबन्दीमा १८ दशमलव ५९ प्रतिशत कटौती गरी दुई हजार ६५४ कायम गरिएको छ।
यो सँगै स्वास्थ्य मन्त्रालयको दरबन्दी पनि कटौती भएको छ। तर, स्वास्थ्य मन्त्रालयको भने जम्मा ५ जनाको दरबन्दी मात्र कटौती भएको छ। स्वास्थ्यमा विगतमा १ सय ११ जनाको दरबन्दी थियो। मन्त्रीपरिषदले उक्त संख्या घटाएर १ सय ६ मा ल्याएको छ।
यस्तो छ मन्त्रीपरिषदले पारित गरेको दरबन्दी विवरण :
क्र.स - मन्त्रालय - हाल रहेको दरबन्दी - नयाँ कायम गरिएको दरबन्दी
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - १९८ - २३२
२. अर्थ - २४० - १८६
३. उद्योग, वाणिज्य तथा आपूर्ति - २२७ - १५२
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ - ११२ - ११७
५. कानून, न्याय तथा संसदीय ममिला - १०४ - १०४
५. कृषि, भूमि व्यवस्था तथा सहकारी - ३३५ - १७९
७. गृह - ३०७ - २२६
८. परराष्ट्र - १४१ - १४१
९. भौतिक पूर्वाधार तथा यातायात - १०६ - ९४
१०. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक - ८० - ८६
११. रक्षा - ९८ - ९८
१२. वन तथा वातावरण - १६१ - १३०
१३. शहरी विकास - १०२ - ७७
१४. शिक्षा, विज्ञान तथा प्रविधि - २२६ - १८७
१५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा - ६७ - ७२
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन - १०६ - ८४
१७. संघीय मामिला तथा सामान्य प्रशासन - ३३१ - १७४
१८. सञ्चार तथा सूचना प्रविधि - ७५ - ८५
१९. स्वास्थ्य - १११ - १०६
२०. खानेपानी - ७७ - ६८
२१. युवा तथा खेलकुद - ६६ - ५६
कुल - ३,२६० - २,६५४