काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ। मन्त्रीपरिषद बैठकले बिहिबार पारित गरेको संगठन संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब १ सय ६ जनाको दरबन्दी छ।
नयाँ संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब १२ औं तहका २ जना मात्र प्रमुख विशेषज्ञ हुनेछन्। यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो।
नयाँ संरचना अनुसार नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमनको प्रमुखमा एक जना प्रमुख विशेषज्ञ र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन् । दुबै जना प्रमुख विशेषज्ञ अन्तर्गत दुई÷दुई वटा महाशाखा छ।
नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ। यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ।
यी हुन् ५ महाशाखा
१. नीति, योजना तथा अनुगमन महाशाखा
२.गुणस्तर मापन तथा नियमन महाशाखा
३. स्वास्थ्य समन्वय महाशाखा
४. जनसंख्या व्यवस्थापन महाशाखा
५. प्रशासन महाशाखा
यी हुन् १६ शाखा
१. नीति तथा योजना शाखा
२. अनुगमन तथा मुल्यांकन शाखा
३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा
४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा
५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा
६. सुचना प्रबिधि शाखा
७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा
८. बहुक्षेत्रिय समन्वय शाखा
९. विकास सहायता समन्वय शाखा
१०. सार्वजनिक सुचना तथा समन्वय शाखा
११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा
१२. लैंगिक समानता तथा समावेशिकरण शाखा
१३. कर्मचारी प्रशासन शाखा
१४. आर्थिक प्रशासन शाखा
१५. कानुन शाखा
१६. आन्तरिक प्रशासन शाखा
