काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले आफू मातहतमा रहेको स्वास्थ्य मन्त्रालयको कामकारबाही पूर्ण मन्त्रीका हैसियतले नै गर्ने गरि राज्यमन्त्री अर्याललाई विभागिय जिम्मेवारी दिएका हुन्। यो जिम्मेवारीपछि अर्यालले पूर्ण मन्त्री सरह मन्त्रीपिरषदमा सहभागि हुन पाउने छिन्। उनले स्वास्थ्यमा गरेका निर्णयले पनि मन्त्रीस्तरीय मान्यता पाउनेछन्।
उनी चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। स्याङ्जाबाट प्रत्यक्षतर्फ चुनाव जितेकी अर्याललाई एमालेले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो।
अर्यालले स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी थिइन्।