बुटवल– सरकारी अस्पतालमा विभिन्न समस्याको अप्रेशन गराउनका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने स्वास्थ्य राज्य मन्त्री पदमा कुमारी अर्यालले बताएकी छिन् । बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षणका क्रममा उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘सरकारी अस्पताल अप्रेशन गराउने पालो कुर्दाकुर्दै बिरामीको ज्यान जाने अवस्थाको अन्त्य गर्छु ।’ उनले कर्मचारीको सँख्या बढाउने र दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाएर भएपनि उत्तः समस्याको समाधान खोजने बताइन्।
लुम्बिनी अञ्चल अस्पतालमा रहेका समस्या समाधान लागि पनि आफ्ना तर्फबाट सकेको गर्ने बताइन् । संघीय संरचनामा देश गइसकेकाले अब केन्द्रीय सरकारको मुख ताकेर मात्रै नबस्न सुझाइन् । उनले यस क्षेत्रका जनताको उपचार सेवाका लागि अस्पतालले आफूलाई मजबुत बनाउँदै लैजानुपर्ने पनि बताइन्।
अधिकांस सरकारी अस्पताल अव्यवस्थित रहेको पाइकाले व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन्। अस्पतालको फोहरमैलाका कारण बिरामी झ्न बिरामी हुने रहेकाले फोहर व्यवस्थापन मुख्य मुद्दा रहेको उनले बताइन्।
अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मेसु डा कृष्ण खनालले अस्पतालको अवस्थाका बारे राज्य मन्त्री अर्याललाई जानकारी गराएका थिए । डा खनालले अस्पताल पुरानो, कर्मचारीको अभाव र अस्पताल भवनका लागि जग्गाका अभाव रहेको बताएका थिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बैकल्पिक स्रोत परिचारलन गरेर भएपनि अञ्चल अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउने योजना रहेको जानकारी गराए । उनल फोहर व्यवस्थि तगर्न नगरपालिका लागिपरेको पनि बताए।