काठमाडौं- प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले कर्मचारीको संरचना बनाउने काम अगाडि बढाएको छ। मन्त्रालयले तयार पारेको संरचनाको प्रस्ताव अनुसार मन्त्रालयमा ४ महाशाखा रहनेछन्। ४ महाशखा अन्तर्गत स्वास्थ्य सेवा महाशाखा पनि छ।
प्रदेशको शिक्षा, स्वास्थ्य तथा सामाजिक विषय हेर्ने यो मन्त्रालयले सबै क्षेत्रलाई समेट्ने गरेर संगठनको संरचना तयार गर्न लागेको हो। स्वास्थ्यखबरलाई प्राप्त प्रस्तावित संरचना अनुसार स्वास्थ्य सेवा महाशाखा अन्तर्गत ६ वटा शाखा रहनेछ। स्वास्थ्य सेवा महाशाखाको प्रमुख ११ औं तहको रहनेगरी संरचना प्रस्ताव गरिएको छ।
प्रस्तावित संरचना अनुसार स्वास्थ्य सेवा महाशाखा अन्तर्गत चिकित्सा सेवा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, जनस्वास्थ्य, स्वास्थ्य प्रबद्र्धन, परिवार उत्थान तथा जनसंख्या व्यवस्थापन र औषधि व्यवस्था शाखा रहनेछ।

प्रस्तावित संरचना
यो पनि पढौं :