काठमाडौं- ‘छालालाई माया गरौँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ विभिन्न मेडिकल कजेहरुमा जनचेतनामुल कार्यक्रम गरि विश्व छाला स्वास्थ्इ दिवस मनाइएको छ।
सोसाइटी अफ डर्माटोलोजिष्ट, भेनेरोलोजिष्ट एन्ड लेप्रोलोजिष्ट अफ नेपालले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। नेपाल छाला, कुष्ठ तथा षैन रोग समाजको आज २७ औं वार्षिकोत्सव पनि हो। वार्षिकोत्सव र दिवसका अवसरमा आज चेतनामुलक कार्यक्रम गरिएको छाला रोग विशेषज्ञ डा सविना भट्टराईले जानकारी दिइन्।
छालामा एलर्जी, मुसा, लुतो, छालामा दाद, संक्रमण, डण्डीफोर, कत्ले रोग, दुवी, चायाँपोतो लगायतका समस्या बढी देखा पर्ने चिकित्सक बताउँछन् ।

