काठमाडौं– वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरको छैटौं तलाबाट हामफालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन्।
नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका जोन पारमाकले आइतबार साँझ आत्महत्या गरेका हुन्।
अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो। अध्यागमन विभाग हिरासतमै उनले बिहीबार ब्लेडले घाँटी काटेर आत्महत्या प्रयास गरेका थिए।
ट्रमा सेन्टरको छैंटौं तलाबाट हामफालेका जोनको मृत्यु भएको महानगरीय प्रहरी प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बूले बताए। लागूऔषध दुर्व्यसनी जोनसँग पासपोर्ट र भीसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।