पोखरा — मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।
अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचारीको धर्नामा अस्पताल प्रशासनले प्रहरीले हस्तक्षेप गरेको कर्मचारीहरुको आरोप छ। कर्मचारीहरुले विगत ९ महिनादेखि अाफ्ना माग राख्दै अाइरहेका छन्।
प्रहरीको हस्तक्षेपपछि कर्मचारीले ढुंगामुढा प्रहार गरेका थिए। उक्त क्रममा अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले अस्पतालमा तोडफोड गरेको आरोपमा कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीसहित २० जनालाई पक्राउ गरेको छ।
अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारीले लबको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) बिदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आएका छन्।