पोखरा– सेवा सुविधाको विषयलाई लिएर पोखराको मणिपाल अस्पतालमा कर्मचारीहरुले डिनको कार्यालय तोडफोड गरेका छन्। तोडफोडपछि कर्मचारी र प्रहरीबीच झडप भएको छ।
झडपमा ७ प्रहरी र २ जना कर्मचारी घाइते भएका छन्।
तोडफोड गर्ने २० जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए। ‘सेवा सुविधाको विषयलाई लिएर ट्रेड यूनियहरुले आन्दोलन गर्दै आएका थिए,’ उनले भने,‘सोमबार उनीहरुले डिनको कार्यालय तोडफोड गरेका हुन, प्रहरी पुगेपछि प्रहरीलाई नै ढुंगामुडा गरेपछि पक्राउ गरेका हौं।’
डिनको कार्यालय तोडफोडपछि उनीहरुले स्वास्थ्य सेवामै असर पर्ने गरी आन्दोलन सुरु गरेका थिए। त्यसपछि हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा एमाले, कांग्रेस र माओवादी तीनै पार्टी निकट ट्रेड यूनियनका नेताहरु छन्।