काठमाडौं– नेपालका चर्चित आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले पद्मश्री अवार्ड ग्रहण गरेका छन् । सोमबार भारतीय राष्ट्रपति राम नाथ केविदले उनलार्इ भारतकै प्रतिष्ठित नागरिक सम्मान पद्मश्री प्रदान गरेका हुन् ।
राष्ट्रपति निवासमा भएको विशेश समारोहमा यो वर्ष पद्मीश्री पाउने विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो । सम्मान घोषणा भने केही महिनाअघि नै गरिएको थियो ।
नेपाली आँखा चिकित्सक डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचार पछि प्रयोग हुने लेन्स निर्माणका लागि उनाई पद्मश्री दिएको बताएको छ।
उनको खोजले मोतियाबिन्दूको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको र ३० भन्दा बढी देशहरूमा लेन्स निर्यात गर्ने गरेको उल्लेख छ।
डा रुइतले सन् २००६ मा म्याग्सेसे पुरस्कार पाएका छन् । तिलगंगा आँखा केन्द्रका निर्देशक रुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मे हुर्केका हुन् । सुरुमा दार्जिलिङको मिसनरी स्कूल सेन्ट रोबट्र्समा पढे। त्यसपछि एसएलसीसम्म काठमाडौंका सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गरे।
त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा तीन वर्ष बिताए। फेरि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विशेषज्ञता गरे ।
स्वास्थ्य क्षेत्रबाटै पद्मश्री पाउनेमा केराला डा एमआर राजा छन् । उनलाई गम्भीर अवस्थाका बिरामीको गुणस्तरीय जीवनका लागि पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो । दुखाइ रहित नियोनेटल सर्जरीमा विशेषज्ञता हासिल गरेका उनले भारतमै पहिलो ‘पेल्लिएटिभ केयर युनिट’ तयार पारेका थिए ।
यसैगरी दक्षिण भारतकै कमाटकाकी सुलुगट्टी नरसम्मालाई कृर्षी मजदुरलाई प्रसूति सेवा दिए बाफत पुरस्कार दिइएको हो । औपचारिक स्वास्थ्य शिक्षा नलिएकी उनले परम्परागत रुपमा सिकेको सीपका आधारमा निःशुल्क प्रसूति सेवा दिइएकी छिन् । ९७ वर्षीया उनलाई तमकुर युनिभर्सिटीले मानार्थ पिएचडी दिएको छ ।
यसैगरी साउदी अरेबयिाका पहिलो प्रमाणित योगा इन्स्ट्रक्टर नोउफ मरवाईले पनि पद्मश्री पाएकी छिन् । उनले साउदीमा ७० भन्दा बढी योगाका शिक्षक उत्पादन गरेकी छिन् भने ३ हजारलाई योगा सिकाएकी छिन्।
तमिल नाडुकी ९८ वर्षकी भी नानाम्मल भारतकी सबैभन्दा वृद्धा योगा शिक्षिका हुन् । उनले योगामा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार पाएकी छिन्।
हिमाञ्चल प्रदेशका ९० वर्षीय यसी ढोडेनले गुम्बामा उपचार सेवा दिए बाफत पद्मश्री पाएका छन्।
कुष्ठरोग नियन्त्रणमा जीवन लगाएका ८२ वर्षीय दामोदर गणेश बापतले पद्मश्री पाएका छन् ।
परम्परागत चिकित्सा मार्फत् विष नियन्त्रण गर्ने औषधिका लागि लक्ष्मीकुट्टीले पुरस्कार पाएकी छिन् । उनले सर्पले टोकेका हजारौं बिरामीको उपचार परम्परागत चिकित्साको सहयोगले गरेकी छिन् । परम्परागत रुपमा उपचारका लागि प्रयोग भइरहेका ५ सय भन्दा बढी औषधि सम्झेकी छिन् ।
ग्रामिण क्षेत्रमा उपचार सेवा दिएकाले डा रानी र अभय बांग पुरुस्कृति भएका छन् । उनीहरुले जीवनका ३० वर्ष महाराष्ट्रको ग्रामिण इलाका गडचिरोलीमा उपचार सेवा दिएर बिताएका छन्।
सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै पद्मश्री पुरस्कार सुभाषिनी मिस्त्रीलाई दिइएको छ । जसले तरकारी बेचेर गरिबका लागि अस्पताल बनाएकी छिन्।
पश्चिम बंगालकी सुभाषिनीले उपचार नपाएर श्रीमानको मृत्यु भएपछि अस्पताल बनाउने सपना देखिन् । जुन उनले तरकारी बेचेर र जुत्ता पालिस गरेर कमाएको पैसाले पूरा गरिन्।