काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा चिकित्सा शिक्षा अध्यादेश पारित गरिने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ लाई निर्णयार्थ पेश गर्नेछन्।
यसअघि चिकित्सा शिक्षा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको फरक मतमाथि समेत छलफल हुने कार्यतालिका छ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।