काठमाडौं- स्वास्थ्य सेवा विभागमा नवनियुक्त निमित्त महानिर्देशक डा गुणराज लोहनीले पदबहाली गरेका छन्।
पदबहाली लगत्तै उनले महानिर्देशकका रुपमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ सै घण्टा रेबिज रोग विरुद्धको खोप उपलब्ध गराउने फाइलमा हस्ताक्षर गरेका छन्।
अस्पतालमा हाल बिहान १० देखि ५ बजेसम्म मात्र रेबिज विरुद्धको खोप सेवा उपलब्ध थियो। अस्पतालमा दैनिक डेढ सय मानिस रेबिज विरुद्धको खोप लगाउने आउने गर्छन्।
डा लोहनीलाई हिजो मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि उनी बिमा बोर्डमा थिए।