काठमाडौं- चितवनको भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्याई स्नातक तहको 4 कक्षा सञ्चालन गरेको विषयमा छानबिन हुने भएको छ।
स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिमा चिकित्सा सेवा महाशाखाका प्रमुख, 4 शाखा प्रमुख, कानुन शाखा प्रमुख र जनसंख्या प्रशासन तथा अनुमगन महाशाखाका उपसचिव सदस्य रहेका छन्।
कलेजले नेपाल 4 काउन्सिलबाट सम्बन्धन नै नलिई अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएको फेला परेपछि काउन्सिलले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयमा पत्र पठाएको थियो। मन्त्रालयले काउन्सिलको पत्रका आधारमा समिति बनाएको हो।
काउन्सिलका अनुसार ओएसिसले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको भन्दै काउन्सिलबाट मान्यता नलिई बीएस्सी 4 र बीएनको कक्षा सञ्चालन गरिरहेको छ। नेपाल 4 परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले काउन्सिलबाट मान्यता लिएकै हुनुपर्छ। तर, कलेजले आवश्यक मापदण्ड पूरा नगरेको जनाउँदै काउन्सिलले मान्यता दिएको छैन।
काउन्सिलबाट मान्यता नै नपाएको उक्त कलेजमा बीएस्सी 4 अध्ययन गरेका विद्यार्थी शोभा अर्याल र तनुजा श्रेष्ठले काउन्सिलको लाइसेन्सिङ परीक्षामा आवेदन दिएका थिए। काउन्सिलले कलेजले 4 सञ्चालनको स्विकृती नै नपाएको भन्दै उनीहरुलाई काउन्सिलले नाम दर्ता परीक्षामा सहभागी गराएको छैन। त्यसपछि उक्त कलेजको बदमासी बाहिर आउन थालेको हो। कलेजमा हाल ६९ जना विद्यार्थी अध्ययनरत छन्।