काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचनाका विषयमा फार्मेसी सेवाको क्षेत्रबाट बिरोध आएको छ। मन्त्रालयमा हालसम्म रहेको फार्मेसी सेवाको एघारौं तहको पद नयाँ संरचनामा खारेज गरेको भन्दै बिरोध भएको हो।
नेपाल फर्मास्युटिकल एसोसिएशन ,फार्मेसी संघ नेपाल र डिप्लोमा फार्मेसी एसोसिएशन अफ नेपालका पदाधिकारीहरुले नयाँ संरचनामा ११ औं तहको दरवन्दी कायम हुनुपर्ने माग गरेका छन्।
उनीहरुले नयाँ संरचनामा गम्भीर बिमति जनाउँदै निर्णय उल्ट्याउन स्वास्थ्य राज्यमनन्त्री पद्मा अर्याल र स्वास्थ्य सचिव पुष्प चौधरीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। उनीहरुले आफ्नो माग पुरा नभए आन्दोलनको चेतावनी समेत दिएका छन्।


