काठमाडौं– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालमा प्रचलित आयुर्वेद तथा अन्य वैकल्पिक चिकित्सा विधिलाई समेटेर आफ्नै मौलिक चिकित्सा पद्धति विकास गर्नुपर्नेमा जोड दिएका छन्।
राजधानीमा आयोजित अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघको भेलामा अध्यक्ष दाहालले नेपालको मौलिक चिकित्सा पद्धति विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने बताए।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार स्वास्थ्य क्षेत्रको संरचना केही सच्याउनुपर्ने भएको उल्लेख गर्दै त्यसविषयमा स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवसँग छलफल भइसकेको बताए। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका शिक्षा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रको नेतृत्व अरु क्षेत्रका कर्मचारीले गर्न नसक्ने भन्दै स्थानीय तहमा स्वास्थ्यको छुट्टै संरचना रहनुपर्नेमा जोड दिए।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्यादेश संसदबाट पास भइसकेको अवस्थामा अब आवश्यकता अनुसार मात्र चिकित्सा तथा 4 क्षेत्रका जनशक्ति उतपादन गर्नुपर्ने बताए। उनले अब चिकित्सा तथा 4 क्षेत्रका जनशक्ति उतपादन गर्दा जसले उत्पादन गर्ने हो उसैले जागिरको ग्यारेन्टी गर्नुपन बताए। उनले भने, ‘स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को नमारी सम्वृृद्ध नेपाल बन्न सक्दैन, सबैले बराबर उत्तरादायी बनी काम गर्नुपर्छ।’
मन्त्री पोखरेलले आयुर्वेद चिकित्सा क्षेत्रको मात्र नभई नेपालकै धरोहर भएकाले योगमाया आयुर्वेद विश्वविद्यालयलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने र सिटिइभिटीलाई पनि पुनःसंरचना गरिने बताए।