काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ। गत १४ गते बसेको मन्त्रीपरिषद बैठकले पारित गरेको संगठन संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब १ सय ६ जनाको दरबन्दी रहने छ। यसअघि स्वास्थ्यमा १ सय ११ जनाको दरबन्दी थियो।
नयाँ संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा १ जना सचिव र १२ औं तहका २ जना मात्र प्रमुख विशेषज्ञ हुनेछन्। उनीहरुमध्ये एक जना नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमन र अर्का एक जना जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय प्रमुख हुनेछन् । यसअघि मन्त्रालयमा ३ र स्वास्थ्य सेवा विभागका महानिर्देशक १ गरी ४ जना १२ औं तहका प्रमुख विशेषज्ञको दरबन्दी थियो।
नयाँ संरचना अनुसार मन्त्रालमा ११ औं तहमा प्रशासन तर्फका सहसचिव २, प्रमुख अस्पताल प्रशासक १, प्रमुख स्वास्थ्य प्रशासक १ र प्रमुख जनस्वास्थ्य प्रशासक १ गरी ५ जना रहनेछन्।
नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ। यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ।
.jpg)
यी हुन् ५ महाशाखा
१. नीति, योजना तथा अनुगमन महाशाखा
२. गुणस्तर मापन तथा नियमन महाशाखा
३. स्वास्थ्य समन्वय महाशाखा
४. जनसंख्या व्यवस्थापन महाशाखा
५. प्रशासन महाशाखा
यी हुन् १६ शाखा
१. नीति तथा योजना शाखा
२. अनुगमन तथा मुल्यांकन शाखा
३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा
४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा
५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा
६. सुचना प्रविधि शाखा
७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा
८. बहुक्षेत्रिय समन्वय शाखा
९. विकास सहायता समन्वय शाखा
१०. सार्वजनिक सुचना तथा समन्वय शाखा
११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा
१२. लैंगिक समानता तथा समावेशिकरण शाखा
१३. कर्मचारी प्रशासन शाखा
१४. आर्थिक प्रशासन शाखा
१५. कानुन शाखा
१६. आन्तरिक प्रशासन शाखा
.jpg)
.jpg)
.jpg)