काठमाडौं- सरकारले पास गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ संरचनामा दरबन्दी घटाइएको छ। विगतको भन्दा समग्रमा ५ जनाको दरबन्दी घटेको देखिए पनि मन्त्रालयका विभिन्न पदमा फेरबदल भएको छ।
मन्त्रिपरिषद्को चैत १४ गतेको बैठकले पास गरेको २१ वटै मन्त्रालयको नयाँ संरचना अनुसार स्वास्थ्य मन्त्रालयमा अब एक सय ६ जनाको दरबन्दी कायम गरिएको छ। यसअघि मन्त्रालयमा १ सय ११ जनाको दरबन्दी थियो।
नयाँ संरचना अनुसार सबैभन्दा धेरै प्रशासन समूहको दरबन्दी काटिएको छ। विगतमा ११औं तहमा रहेका कतिपय दरबन्दीलाई अहिले शून्य बनाइएको छ। मन्त्रालयको नयाँ संरचनामा केही नयाँ दरबन्दीहरु पनि कायम गरिएको छ।
नयाँ संरचना तयार पर्दा पुरानो दरबन्दीमा रहेका विभिन्न सेवा समूहका ३१ दरबन्दी घटाइएको छ भने २६ दरबन्दी थप गरिएको छ। थप गरिएकामध्ये कतिपय समूह नयाँ राखिएको छ।
नयाँ संरचना अनुसार १२औं तहका १, ११औं तहका ५ वटा दरबन्दी घटाइएको छ। जसमध्ये प्रमुख पब्लिक हेल्थ 4 प्रशासक, प्रमुख आयुर्वेद विज्ञ, प्रमुख 4 प्रशासक, प्रमुख औषधि व्यवस्थापकको दरबन्दी शून्य बनाइएको छ। आयुर्वेद र औषधि क्षेत्रको लागि आआफ्नै छुट्टै विभाग हुने भएको भन्दै मन्त्रालयबाट ११औं तहको पद हटाइएको बताइएको छ।
घटाइएका ३१ दरबन्दी
प्रमुख विशेषज्ञ (१२ औं तह) — १
प्रमुख अस्पताल प्रशासक (११ औं तह) — १
प्रमुख पब्लिक हेल्थ 4 प्रशासक (११ औं तह) — १
प्रमुख आयुर्वेद विज्ञ (११ औं तह) — १
प्रमुख 4 प्रशासक (११ औं तह) — १
प्रमुख औषधि व्यवस्थापक (११ औं तह) — १
उपसचिव (प्रशासन) — २
निर्देशक (तथ्यांक) — २
वरिष्ठ/पब्लिक हेल्थ नर्स (९/१० औं तह) — १
शाखा अधिकृत (प्रशासन) — ६
लेखा अधिकृत — १
इलेक्ट्रिकल इन्जिनियर — १
कम्प्युटर इन्जिनियर — १
कम्प्युटर अधिकृत — ४
पुस्तकालय अधिकृत — १
लेखापाल — १
टाइपिस्ट— २
खरिदार — ३
जम्मा —३१
थप गरिएका दरबन्दी
प्रमुख/मेडिकल अधिकृत, मेडिकल सुपरिटेन्डेन्ट (नयाँ) — २
वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक (नयाँ) — १
कम्प्युटर इन्जिनियर (नयाँ) — १
मेडिकल अधिकृत (नयाँ) — २
वरिष्ठ/जनस्वास्थ्य अधिकृत (नयाँ) — ७
वरिष्ठ/स्वास्थ्य शिक्षा प्रशिक्षक (नयाँ) — १
वरिष्ठ 4 अधिकृत — १
वरिष्ठ मेडिकल ल्याब टेक्निसियन (नयाँ) — १
कानुन अधिकृत (नयाँ) — २
तथ्यांक अधिकृत — १
डेमोग्राफर — १
नायब सुब्बा — १
कम्प्युटर अपरेटर — १
ह.स.चा. — १
कार्यालय सहयोगी — ३
जम्मा —२६
.jpg)
.jpg)
.jpg)
.jpg)
नयाँ संरचना अनुसार अब स्वास्थ्य मन्त्रालयमा ५ वटा महाशाखा र १६ शाखा रहनेछ। यस्तै मन्त्रालयमा स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाइ पनि रहनेछ।
यी हुन् ५ महाशाखा
१. नीति, योजना तथा अनुगमन महाशाखा
२. गुणस्तर मापन तथा नियमन महाशाखा
३. स्वास्थ्य समन्वय महाशाखा
४. जनसंख्या व्यवस्थापन महाशाखा
५. प्रशासन महाशाखा
यी हुन् १६ शाखा
१. नीति तथा योजना शाखा
२. अनुगमन तथा मुल्यांकन शाखा
३. चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा
४. आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखा
५. गुणस्तर, मापदण्ड तथा नियमन शाखा
६. सुचना प्रविधि शाखा
७. प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा
८. बहुक्षेत्रिय समन्वय शाखा
९. विकास सहायता समन्वय शाखा
१०. सार्वजनिक सुचना तथा समन्वय शाखा
११. जनसंख्या व्यवस्थापन तथा सुचना शाखा
१२. लैंगिक समानता तथा समावेशिकरण शाखा
१३. कर्मचारी प्रशासन शाखा
१४. आर्थिक प्रशासन शाखा
१५. कानुन शाखा
१६. आन्तरिक प्रशासन शाखा