पुष्प दाहाल
पोखरा– पोखराको पृथ्वीचोक नयाँबजारस्थित चरक मेमोरियल मेडिकेयर अस्पतालको तेस्रो तलाबाट हामफालेका एक बिरामीको मृत्यु भएको छ। लमजुङ घर भई हाल पोखराको फुलबारी ११ बस्ने युवराज गुरुङले बिहीबार साँझ ५ बजे अस्पतालबाट हामफालेको कास्की प्रहरीले जनाएको छ।
तीन तल्लामाथिको झ्यालबाट रोडमा हाम फाल्दा टाउकोमा गम्भीर चोट लागेका गुरुङको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जनाए।
३० वर्षीय गुरुङलाई चैत २७ देखि चरक अस्पतालमा आइसियूमा राखेर उपचार गरिँदै आएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ। उनको मानसिक सन्तुलन ठीक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।