काठमाडौं- नरदेवी आयुर्वेद अस्पतालका प्रमुख रामदेव यादव ३७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार अस्पतालमा 'अन द जब ट्रेनिङ'का लागि आएका ३५ जना विद्यार्थीबाट यादवले ३७ हजार रुपैयाँ घुस लिएका हुन्। आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।