भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आइसकेका छन्। आज बिहान जनकपुर आएका उनी दिउसो काठमाडौं आइपुग्ने छन्।
शनिबार मोदी मुक्तिनाथ दर्शनका लागि पुग्ने छन्। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी र उनको टिममा रहेका अरुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै सरकारले जनकपुर, काठमाडौं, पोखरा र मुक्तिनाथ परिसरमा विशेष स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ।
मुक्तिनाथ मन्दिर परिसरमा अस्थायी सघन उपचार कक्ष (आइसियू) समेत बनाइसकिएको छ। मुक्तिनाथ दर्शनका क्रममा आउनसक्ने स्वास्थ्य समस्या समाधानका लागि उक्त व्यवस्था गरिएको हो।
जोमसोम स्पतालका आकस्मिक कक्षका प्रमुख भीमराज शाहीका अनुसार आइसियू निर्माणसँगै आवश्यक उपकररणहितको अत्यावश्यक औषधिको व्यवस्था समेत भइसकेको छ।
आइसियू कक्षमा भेन्टिलेटर, कार्डियाक मनिटर, इसिजी, आस्किजन सिलिन्डर लगायतका आवश्यक उपकरण छन्।