उपत्यकाको दुर्इ विद्यालयमा गरिएको बालबालिकाको स्वास्थ्य परीक्षणले १० प्रतिशतमा आँखा र ५० प्रतिशत भन्दा बढीलाई दाँतको समस्या भएको देखाएको छ । 4 दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य मन्त्रालयको 4 शाखाले गरेको ‘स्कुल हेल्थ कार्यक्रम’मा यस्तो देखिएको हो।
भक्तपुरको वागेश्वरी माध्यामिक विद्यालय र काठमाडौंको गुहेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरिएको हो । यीमध्ये भक्तपुरको वागेश्वरीका ५ सय १८ जना विद्यार्थीको स्वास्थ्य जाँचबाट आएको नतिजा विश्लेष गरिएको छ । उक्त विश्लेषण अनुसार ५० प्रतिशत भन्दा बढी बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो। आँखाको जाँच गरिएको ५ सय १८ मध्ये १० प्रतिशत अर्थात् ५० जनामा टाढाको कम देख्ने समस्या फेला परेको छ। यसैगरी ८२ जना विद्यार्थीको दिसा जाँच गर्दा ८ जनामा पेट खराब गर्ने जिवाणु भेटिएको छ ।
यो नतिजाले बालबालिका र उनीहरुका अभिभावकमा स्वास्थ्य सम्बन्धि चेतनाको कमी देखिएको मन्त्रालयकी 4 प्रशासक रोशनी तुईतुईले बताइन् । उनले भनिन्, ‘बालबालिकाको स्वास्थ्य समस्या रोकथामका लागि सरकारले क्याम्पेनिङ कार्यक्रम बढाउनुपर्ने यो नतिजाले देखाएको छ ।’
बालबालिकालाई दाँत बिगार्ने खानेकुरा धेरै दिने र सफा गर्ने शिक्षा दिन नसकिएको कारण दाँतमा समस्या देखिएको उनले बताइन् । यसैगरी मोबाइल, ट्याब र टिभीमा धेरै समय बालबालिका भुलाउने गरिएका कारण आँखामा र प्रदुषित खाना र पानीले पेटमा समस्या देखिएको उनको बुझाई छ।
स्वास्थ्य मन्त्रालय, 4 शाखाको नेतृत्वमा भएको कार्यक्रममा महाराज 4 क्याम्पसमा अध्ययनरत ४० जना विद्यार्थी र ५ जना प्राध्यापक, चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स) अन्तर्गतको 4 क्याम्पसका प्राध्यापक र विद्यार्थीहरु, तीलगंगा आँखा अस्पतालका प्राविधिक, वीर अस्पताल दुई जना डेन्टल डाक्टर र एक डेन्टल हाइजिन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक सहभागी थिए।