भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताललाई क्यान्सर बिरामीको उपचारमा सहयोग हुने भाभाट्रोन रेडियो थेरापी उपकरण दिने घोषणा गरेका छन्।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बात्तीसपुतलिस्थित होटल द्वारीकाजमा आयोजितमा आयोजित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताललाई भाभाट्रोन रेडियो थेरापी मेसिन दिने घोषणा गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त प्रेस वक्तब्यका क्रममा प्रधानमन्त्री मोदीले क्यान्सरका बिरामीको उपचारका लागि सहयोग पुग्ने उक्त उपकरण दिने घोषणा गरेका हुन्। घोषणका क्रममा प्रधानमन्त्री मोदीले नेपालको स्वास्थ्यक्षेत्रमा आफुले सहयोग गर्ने भन्दै उपकरण दिने बताएका हुन्।