त्रिवि शिक्षण अस्पतालमा निकै जोखिमयुक्त अवस्थाका बिरामीको सफल शल्यक्रिया गरिएको छ । काभ्रेका स्थायी ठेगाना रहेका ८६ वर्षीय रामदत्त जोशीको ‘ड्युडेनल क्यान्सर’को सफल शल्यक्रिया भएको हो।
उक्त क्यान्सरका लागि गरिने डब्लु.एच.आइ.पी.पी.एल.एफ शल्यक्रियाको नेतृत्व अस्पताल जीआइ सर्जन तथा कलेजो प्रत्यारोपण विज्ञ डा रमेश भण्डारीले गरेका हुन् । उनलाई सर्जनहरु डा ध्रुव साह, डा अरुण पाण्डे र डा अमित शर्मा भट्टराईले सघाएका हुन्।
केही दिनअघि गरिएको शल्यक्रिया पछि बिरामी जोशी सञ्चो भएर आइतबार घर फर्किएका छन् । उच्च जोखिमयुक्त मानिने यस्तो प्रकारको शल्यक्रिया वृद्धअवस्थाका बिरामी झन् जोखिमपूर्ण मानिन्छ । चिकित्सकमा उच्च दक्षता र अस्पतालमा राम्रो प्राविधिक क्षमता बिना यस्तो प्रकारको शल्यक्रिया असम्भव हुन्छ।