कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको हालै 4 जनशक्ति नियुक्ती प्रक्रियामा विवादित बनेको छ । प्रतिष्ठानले नै तीन र दुई वर्ष अनिवार्य काम गर्नुपर्ने शर्त (बोन्ड)मा पढाएका नर्सहरुलाई काम नदिएपछि विवाद चर्किएको हो।
कर्मचारी राख्ने विषयमा अनियमितता बढ्न थालेपछि 4 विद्यार्थीले ‘बोन्ड’ प्रक्रिया खारेज गर्न माग गरेका छन् । बोन्ड प्रक्रियाअन्र्तगत प्रतिष्ठानले पूर्ण छात्रवृत्तिमा स्टाफ नर्स अध्ययनरत 4 विद्यार्थीलाई अध्ययन सकिएपछि तीन वर्ष, आंशिक छात्रवृत्तिलाई दुई वर्ष र आरक्षणलाई एक वर्ष करारमा काम गर्ने अवसर दिने भनिएको छ । प्रक्रिया कार्यान्वयन नहुँदा दक्ष जनशक्तिको उपयोग हुन नसकेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।
बोन्ड प्रक्रियाअन्र्तगत उनीहरुका शैक्षिक योग्यताका सबै प्रमाणपत्र धरौटीमा राखिएका हुन्छन्। प्रक्रिया खारेज गर्न माग गर्दै बिहीबारदेखि 4 विद्यार्थीले प्रतिष्ठानलाई दबाब दिइरहेका छन् । दबाबस्वरुप प्रतिष्ठानको प्रशासन शाखामा विद्यार्थीले तालाबन्दी गरेकोमा प्रतिष्ठानका कर्मचारी र प्रहरी मिलेर ताला खोलिदिएको थियो । प्रतिष्ठानले बोन्ड प्रक्रियाअनुसार जागिरको व्यवस्था गर्नु पर्ने, कर्मचारी नियुक्तीमा आफ्नालाई नभै राम्रालाई अवसर दिनु पर्ने माग विद्यार्थीले राखेका छन्।
4 विद्यार्थी अन्जना न्यौपानेले भनिन्, ‘विभेदकारी बोन्ड प्रक्रिया तत्काल खारेजको माग गर्दछौं । प्रक्रियाअनुसार कवुलियतनामा बनाएर प्रतिष्ठानद्वारा विद्यार्थीलाई झुक्याउने काम भइरहेको छ ।’
उनले थपिन्, ‘झुक्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन । हामी यस विरुद्ध लड्न तयार छौं।’
अध्ययनपछि बोन्ड प्रक्रियाअनुसार करार स्टाफ नर्स नियुक्ती भएको छैन । गत वैशाख १४ गते प्रतिष्ठानले प्रकाशन गरेको सूचनाका आधारमा वैशाख ३१ गते लिएको लिखित परीक्षामा ६ जना करार स्टाफ नर्स मात्र नियुक्त गरिएपछि असफल उम्मेदवारले चर्को विरोध जनाएका हुन ।
उनीहरुले आफू बोन्ड भएकाले सेवा गर्ने अवसर दिनुपर्नेमा आफन्त घुसाउन भर्ना प्रक्रिया थालिएको बताएका छन् प्रतिष्ठानबाट अध्ययन गरेका ५ जना नर्सहरु बोन्डमा छन् तर भर्ना प्रक्रिया अनुसार उनीहरुमध्ये एक मात्रै सेवाका लागि योग्य बनेको छन्।
आफूहरुलाई आवेदनमा दरखास्त दिन लगाएर फसाइएको उनीहरुको आरोप छ । ‘प्रतिष्ठानमा बोन्ड अन्र्तगत काम पाउने आशामा बसेका थियौ । सुरुमा प्रतिष्ठानलेसबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु आफैंसँग राख्यो । यही कारण अन्यत्र दरखास्त दिन पसन पाइएन, ’ नर्स सावित्रा शाहीले दुखेसो पोखिन्, ‘अनमिदेखि विभिन्न गाउँपालिकामा खुलेका 23मा पदपूर्ति भइसकेपछि प्रतिष्ठानले प्रमाणपत्र दिन्छछ । यो सरासर अन्यायपूर्ण काम हो।’
उनीजस्तै अन्य बैकल्पिक उम्मेदवारले पदपूर्तिमा राजनीतिक भागबण्डा भएको आरोप लगाएका छन् । यता प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार अहिले बोन्डको प्रक्रिया खारेज नगरी उनीहरुका प्रमाण पत्र फिर्ता दिइने छ उनले भने, ‘नियमसंगत प्रतिष्ठानले करार स्टाफ नर्स पदपूर्ति गरेको छ। परीक्षामा असफल भएपछि विद्यार्थीले गरेको वाहना मात्रै हो।’