काठमाडौं- राष्ट्रकवि माधव घिमिरे स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका छन्।
शरीरले असहज महसुस गरेपछि ९९ वर्षीय घिमिरे दुई सातादेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका हुन्। उनमा क्रोनिक ग्यास्ट्राइटिस र उच्च रक्तचापको समस्या देखिएको छ।
घिमिरे नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी पुग्ने गरेका छन्। अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार उनको उपचारमा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा विवेक शर्मा, डा अखिलेश कश्यप लगायतका चिकित्सक संलग्न छन्।