अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धादिङमा आयुर्वेद सहायक (छैठौं तह) मा कार्यरत शोभा दुवाडीले नकक्ली शैक्षिक प्रमाण पत्र पेश गरि सरकारी जागीर खाएको भन्दै मुद्दा दायर गरेको छ।
दुवाडीले सेवा प्रवेश तथा बढुवाको सिलसिलामा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानमा देखिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोही प्रमाणपत्रको आधारमा वढुवा समेत लिएकाले भ्रष्टाचार निवारण ऐन अनुसार एक वर्षसम्म कैद र बीस हजार रूपैयाँसम्म जरिवाना माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।