सरकारले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा देशभरका सरकारी, निजी, सामुदायिक सबै अस्पतालबाट उपचार सेवा लिएका बिरामीहरुको तथ्यांक सार्वजनिक गरेको छ।
सार्वजनिक तथ्यांक अनुसार देशभरका सबै अस्पतालबाट ८ महिनाको अवधिमा १ करोड २३ लाख पटक बहिरंग (ओपिडी) सेवा लिइएको छ। यस्तै ६ लाख ८५ हजार बिरामीहरु अस्पताल भर्ना भएका र ११ लाख १७ हजारले आकस्मिक सेवा लिएका छन्।
सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा बढी प्रदेश ३ मा ३२ लाखले ओपिडी सेवा लिएका छन्। सबैभन्दा कम ओपिडी सेवा लिने कर्णाली प्रदेशमा छन्। कर्णाली प्रदेशमा ८ महिनामा ८ लाख ४० हजार ९ सय ९५ जनाले ओपिडी सेवा लिएका छन्।
कुन प्रदेशमा कति बिरामीले ओपिडी, आकस्मिक र भर्ना भएर सेवा लिए हेरौँ
