स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा राजेन्द्र श्रेष्ठ आउने चर्चा चलेको छ। फोरम सरकारमा सहभागी हुने भएपछि सम्भावित मन्त्रीको नाममा स्वास्थ्यको जिम्मेवारी श्रेष्ठले सम्हाल्ने चर्चा चलेको हो।
अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा फोरम सरकारमा सहभागी हुने निश्चित भइसकेको छ । स्रोतका अनुसार यादवले सञ्चार मन्त्रालय सहित तीनटा मागेका छन् सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री नियुक्त भइनसकेकाले ती दुर्इ मन्त्रालय सम्हाल्न प्रधानमन्त्री केपी ओलीले सुझाएका छन् ।
सम्भवत: यस विषयमा सहमति भए मंगलबार नै फोरम सरकारमा सहभागी हुनेछ। आफूले स्वास्थ्य मन्त्रालय पाउँदा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललार्इ अन्तै सरुवा गर्न माग फोरमले गरेको छ।
यसअघिका केही मन्त्रीको कामकारबाही चित्तबुझ्दो नभएकाले उनीहरुको सट्टामा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरिरहेका छन् ।