सरकारले आगामि आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५६ अर्ब ४१ करोड ९७ लाख बजेट बिनियोजन गरेको छ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। बजेट भाषणका क्रममा मन्त्री खतिवडाले देशभर स्वास्थ्य बिमा विस्तार गर्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीलाई बढाउन सुत्केरीलाई दिँदै आएको यातायात खर्चलाई दोब्बर बृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्था स्थपनाका लागि ४ अर्ब अनुदान, वीर अस्पतालको गुरुयोजना अनुसार काम अगाडि बढाउने कुरा पनि बजेट भाषणमा आएका छन्।
यसका साथै नेपाली औषधिको उत्पादन बढाउँदै आत्मनिर्भर तर्फ अगाडि बढ्न विशेष सहयोग दिने, एक सय बेड भन्दा माथिका अस्पतालमा जेष्ठ नागरिक उपचार वार्ड, निजी मेडिकल कलेजको सहयोगमा दुर्गम स्थानमा घुम्ती अस्पताल सञ्चालन गर्ने, सातवटै प्रदेशमा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कुरा पनि बजेट भाषणमा आएको छ।
७० भन्दा माथिका नागरिकलाई १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सरकारले ब्यहोर्ने छ।
000
प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम बनाइने।
000
एयर एम्बुलेन्सको व्यवस्था गरिने
000
महामारी रोग नियन्त्रण र निवाकरणका लागि प्रभावकारी बनाउन विशेषज्ञहरुसहितको द्रुत टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
000