सरकारले स्वास्थ्य सेवामा लाग्दै अाएको ५ प्रतिशत सेवा कर खारेज गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा स्वास्थ्य सेवा कर खारेज भएको जानकारी दिएका हुन्।
बजेट भाषणका क्रममा मन्त्री खतिवडाले निजी अस्पतालले लिँदै आएका मुल्य अभिवृद्धि कर पनि खारेज गरिएको छ। आर्थिक ऐन अनुसार सरकारले स्वास्थ्यमा ५ प्रतिशत सेवा कर लिँदै आएको छ।यो व्यवस्था साउन १ गतेबाट लागू हुने छ।
बिरामीबाट सेवा कर लिँदा उपचार महँगो पर्ने भन्दै उक्त कर खारेजको माग उठ्दै आएको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।