बिदेश जाने व्यक्तिहरुको स्वास्थ्य परिक्षणमा सिन्डिकेट खडा गरि ठगी गरेको अभियोगमा पक्राउ परेका मध्ये मेरिडियनका सञ्चालक देवान रार्इ थुनामा गएका छन् भने याख्खा ओभरसिजका संचालक भीमबहादुर रोक्का रिहा भएका छन्।
जिल्ला अदालतले माग गरेको ५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि मेरिडियन मेडिकल सञ्चालक राईलाई पुर्पक्षका लागि विहिवार थुनामा पठाएको हो । मलेसिया जाने कामदारको बायोमेडिकल अन्तर्गत स्वास्थ्य परिक्षण गर्ने ३९ स्वास्थ्य परिक्षणविरुद्ध सरकारले ठगी गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारीमा सरकार छ।
मेरिडियन सञ्चालकविरुद्ध प्रहरीले २ करोड १२ लाख रुपैयाँ बिगो माग दाबी गरी अदालतमा पेश गरेको थियो। प्रहरीले शुक्रबार थप ५ स्वास्थ्य संस्थाविरुद्ध अदालतमा फाइल पेश गर्दैछ।
श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने कार्यमा एकाधिकार गरेको भन्दै खारेज गरेको थियो। प्रहरीले ३९ स्वास्थ्य व्यवसायीलाई पक्राउ गरी छानबिन गरिरहेको छ।
याख्खा ओभरसिजका संचालक रोक्का भने २ लाख ५० हजार धरौटी बुझाएर रिहा भएका छन्। भिएलएनका राम श्रेष्ठसहित २ दर्जनभन्दा बढी अझै प्रहरी हिरासतमा छन्। माइग्रामका कैलाश खड्का र गोबिन्द थपलिया फरार छन्।
बैदेशिक रोजगारीका क्रममा मलेसिया पठाउँदा माइग्रामका नाममा सो ओभरसिजले १ सय २५ रिंगिट लिने गरेको भन्दै पक्राउ गरेको थियो।