संघिय समाजवादी फोरमले पाएका दुइ मन्त्रालयमा एकको टुंगो लागेको छ । फोरमले शहरी विकास मन्त्रालयमा मोहम्मद इस्तियाक राईलाई पठाउने भएको छ।
सरकारमा दलको तर्फवाट अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने भएका छन्। यादवले परराष्ट्र मन्त्रालयको दावी गर्दै आएका छन्। परराष्ट्र नपाएको अवस्थामा उनले सुचना तथा सञ्चार मन्त्रालय माग गरेका छन् । अन्तिम विकल्पका रुपमा भौतिक योजना तथा यातायात मन्त्रालयको दावी गर्ने फोरमका एक नेता बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको पुरै जिम्मेवारी लिने गरि यादवलाई मन्त्रालय सम्हाल्न आग्रह गरेका छन् । फोरमले पाएको एक राज्यमन्त्री भने पछि पठाउने जनाइएको छ ।
राष्ट्रपति कार्यालयमा अपरान्ह साढे २ बजे सपथ हुनसक्ने बताइएको छ ।