संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् । अध्यक्ष यादव स्वास्थ्य मन्त्री हुने पक्का भएपछि दुई मन्त्रालय सहित फोरम आजै सरकारमा सहभागी हुने भएको छ ।
जिम्मेवारीको टुंगो लागेकाले दिउसो ३ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको यादवको प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए । फोरमले अर्को शहरी विकास मन्त्रालय पाएको छ । जसको जिम्मेवारी मोहम्मद इस्तियाक राईले सम्हाल्ने यसअघि नै टुंगो लागिसकेको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।