त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मेडिकल ल्याब टेक्नोलोजिष्ट ९प्राविधिक अधिकृत प्याथोलोजी० पदमा कार्यरत एक कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेको छ।
सेन्टरमा कार्यरत राजेश्वर महतोले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र उपयोग गरी सरकारी पद धारण गरी भ्रष्टाचार गरेको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले महतोको प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा महताले बिहार इन्टरमेडियट एजुकेशन काउन्सिल भारतबाटबाट आइएस्सीको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाण(पत्र पेश गरी नियुक्ति लिएको फेला परेको हो।
अख्तियारले नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवा लिई लाभ समेत लिएको पुष्टि भएको देखिन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कसुरको मात्रा अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।