कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सम्पत्ति विवरण अनुसार भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री सबैभन्दा धनी देखिएका छन्। उनीसँग ठूलो परिमाणमा सुनका साथै जग्गा रहेको देखिएको छ।
सबैभन्दा कम सम्पत्ति भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको छ। उनको नाममा रुकुममा ४५ वर्गमिटरमा रहेको एउटा घर तथा रुकुम र दाङमा गरी २ हजार ८ सय ५ वर्गमिटर जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्।
यस्तो छ सामाजिक विकासमन्त्री दल रावलको सम्पत्ति
घर : श्रीमती अनिता केसीको नाममा बाँके र हुम्लामा दुई वटा। हुम्लामा बुवाको नाममा २ वटा।
जग्गा : सुर्खेतमा २५ लाखको जग्गा आफ्नै नाममा र हुम्लामा बुवाको नाममा ५० लाखको पुर्ख्यौली जग्गा।
सुन : ५५ तोला (विवाहको बेला प्राप्तसहित १० लाख बराबरको खरिद)
चाँदी : १ सय ५० तोला।
बैंकमा नगद : एक लाख ५३ हजार आफ्नो खातामा, श्रीमतीको खातामा २५ लाख ६५ हजार मौज्दात।